पारापेट
जब म हाइवे किनारमा उभिएको कुनै पनि पारापेट देख्छु बाबा सम्झन्छु। एका बिहानै निस्किनुहुन्थ्यो बाबा बोकेर कर्नी, मार्तोल, छिनो, बेल्चा र बनाउनु हुन्थ्यो हाइवे किनारमा लहरै पारापेट। त्यही पारापेटले रोक्थ्यो टिस्टामा खस्नदेखि वाहन रोक्थ्यो दुर्घटना दुर्घटना रोकिएको देखेर रमाउथे बाबा र भन्थे, देशलाई पनि चाहिन्छ पारापेट। एकदिन पारापेट बनाउँदा बनाउँदै खसे बाबा। जब म हाइवे […]
दास सर
हामीलाई थाहा छैन उनी कसरी आए। कहाँबाट आए। सायद दिउँसो दुई बजीको कदम्बरी बसमा चढेर आए। सडककै छेउमा रहेको स्कुल कार्यालयअघि ओर्लँदा उनको काँधमा केही थान कपडा अनि जीवन धान्नका लागि चाहिने अत्यन्त जरुरी कुराहरू रहेका एउटा झोला थियो होला। एक दुइटा बङ्गला उपन्यास थियो होला। बाटो मास्तिर ठिक्क नेपाल-भारत सिमानामा रहेको स्कुल अनि स्कुलको […]
आन्दोलनले डामेका लेखक

सपना र गर्भपतन जब जब दार्जिलिङमा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन हुन्छ, म बाबा सम्झिन्छु। उन्मुक्तिको सपना कसले पो देख्दैनन् र? तर 1980 देखि 2021 सम्म नै त्यो सपना सपनामात्र बन्यो। मेरो बाबाको पनि सपना थियो, छुट्टै राज्य भयो भने कमसेकम सरकारले मान्यता दिइसकेको नेपाली भाषामा लेखिने साहित्य केन्द्रमा त पुग्छ। राजनीतिले देख्ने सपना साहित्यले पनि […]
कविता, राजनीति र दार्जिलिङ

मनोज बोगटी (भर्खरै 17 अनि 18 मईको दिन कर्नाटकाको सिन्धनुरमा भएको मई लिटरेचर फेस्टिबलमा भारतीय गोर्खाहरूलाई प्रतिनिधित्व गर्दै दार्जिलिङका कवि मनोज बोगटी किनोट स्पिकरकोरुपमा सहभागी बनेका थिए। उनले एकघन्टा भन्दा धेर हिन्दी भाषामा आफ्नो स्पीच राखेका थिए। जुन स्पीच कन्नड भाषाको चर्चित पत्रिका ‘समाजमुखी’-मा डा. एचएस अनुपमा कभालक्कीले कन्नड भाषामा अनुवाद गरेर प्रकाशित गरेका छन्। […]