अक्टोबर 16, 2026 | 2:27 बेलुका

बुद्धीजीवीहरूको निर्माण

°° °° नयाँ बुद्धिजीवीको बाटो अब भाषणबाजीमा छैन। वाक्पटुता त भावना र आवेगको बाहिरी पोशाक मात्र हो। नयाँ बुद्धिजीवीको पहिचान त व्यावहारिक जीवनमा सक्रिय हस्तक्षेप गर्ने निर्माता, सङ्गठनकर्ता र प्रेरकका रूपमा बन्छ, केवल वक्ताका रूपमा होइन। हामीले काम गर्ने प्रविधिबाट अघि बढेर विज्ञान र इतिहासको मानवीय बुझाइसम्म पुग्नुपर्छ। त्यो नगरी मानिस कुनै एक क्षेत्रको विशेषज्ञ […]

गोर्खाल्याण्डका फरक बाटा, एउटै प्रश्न

– हामी केवल डा. हर्कबहादुर छेत्रीको भर्‍याङ चढ्दै जाने रणनीतिमा मात्र भर पर्न सक्दैनौँ। – हामीले सी.के. श्रेष्ठको सामाजिक-सांस्कृतिक चेतना र सङ्घर्षलाई सुन्दर बनाउने क्षमताबाट सिक्नुपर्छ। तर सङ्घर्षको सौन्दर्यले अन्तिम लक्ष्यलाई विस्थापित गर्न दिनु हुँदैन।- सुवास घिसिङको ‘फाइट टु फिनिस’ जस्तो लक्ष्यप्रतिको दृढता आवश्यक छ। तर विगतमा देखिएका कार्यनीतिक कमजोरी दोहोर्‍याउनु हुँदैन।- मदन तामाङको लक्ष्यमा […]

दार्जिलिङ मुद्दा : जहीँको त्यहीँ

°°° दार्जिलिङ कसको हो भनेर सोध्नु भनेको युद्ध, सन्धि र साम्राज्यवादी महत्त्वाकांक्षाको सयौं वर्ष पुरानो जटिल गाँठो फुकाउनु हो। °°° एक सय वर्षभन्दा बढी समयदेखि दार्जिलिङ पहाड़ एउटै राजनीतिक चक्रमा फसेको छ, आन्दोलन, बन्द, वार्ता, सम्झौता, छोटो शान्ति, अनि फेरि उही स्थिति। हरेक सम्झौताले शान्ति किन्यो। तर अन्त्यमा त्यो शान्ति टिकेन। अहिले पुरानै कथामा एउटा […]

आत्मपरीक्षणको समय

हाम्रो सबैभन्दा ठूलो विडम्बना, हामी घाउ छिट्टै बिर्सिन्छौं। धोका बिर्सिन्छौं। गद्दारी बिर्सिन्छौं। झुट पनि बिर्सिन्छौं। अनि जो आयो, त्यही अपनाउँछौं। हिजोको झन्डा गयो, आज अर्को आयो। हिजोको नेता गयो, आज अर्को। नारा फेरिन्छ, खेल उही रहन्छ। चेतनाको नाममा फेरि बजार सजिन्छ, मोलतोल चल्छ, किनबेच हुन्छ। अनि फेरि धोका, फेरि घाउ। हिजो जहाँ थियौं, आज पनि […]

नयाँ भाजपाको बोतलमा पुरानो तृणमूलको रक्सी

पार्टी फेरियो, शासन उही पश्चिम बङ्गालका मानिसलाई ‘पोरिबोर्तन’ अर्थात् परिवर्तनको वाचा गरिएको थियो। त्यो केवल कुर्सीमा बस्ने मान्छे फेर्ने कुरा थिएन। डर, धाकधम्की, दलीय दबाब र सरकारी सुविधामाथिको पार्टीगत नियन्त्रण अन्त्य गर्ने वाचा थियो। तृणमूल काङ्ग्रेसको शासनमा यही संस्कृति हाबी थियो। तर अहिले नयाँ भाजपा सरकारको चाल अझ चिन्ताजनक देखिन्छ। किन भने पार्टी त फेरियो, […]

राजनीतिको दोहोरो चरित्र र मुद्दा

°°° दार्जिलिङ, कालेबुङ, तराई र डुवर्सका गोर्खाहरूका लागि गोर्खाल्याण्ड केवल चुनावी मुद्दा होइन। यो पहिचान, अधिकार र आफ्नो राजनीतिक भविष्यसँग जोडिएको पुरानो प्रश्न हो। झन्डै चालीस वर्षदेखि गोर्खाल्याण्डको माग चलिरहेको छ। तर पछिल्ला बीस वर्षमा यो माग चुनावी वाचासँग पनि जोडियो। यसबाट सबैभन्दा धेरै राजनीतिक फाइदा उठाउने दलमध्ये भारतीय जनता पार्टी (भाजपा) पनि एउटा हो। […]

पिपिएस : शब्द मीठो, अर्थ धूमिल

‘स्थायी राजनीतिक समाधान’ सुन्दा राम्रो लाग्छ। ‘स्थायी’ भनेपछि सधैंका लागि टुङ्गो लाग्ने जस्तो सुनिन्छ। ‘राजनीतिक’ भनेपछि ‘हाम्रो मागलाई राजनीतिक रूपमा स्वीकार गरिएको’ जस्तो लाग्छ। ‘समाधान’ भनेपछि समस्या नै सकिएको अर्थ लाग्छ। तर यी तीन शब्दलाई सँगै राख्दा पारस्परिक विरोधाभास देखापर्छ। राजनीति भनेको सधैं चलिरहने प्रक्रिया हो। सरकार बदलिन्छ, जनताको माग बदलिन सक्छ, नयाँ समस्या आउन […]