भाषा शक्ति हो

°°° एउटा देशमा एउटी बूढी बजै थिइन्। दृष्टिविहीन। तर असाध्यै ज्ञानी। अथवा कुनै बूढा बाजे अथवा कुनै गुरु पनि हुनसक्छन्? अथवा हुनसक्छ अशान्त बालबालिकालाई फकाउँदै कथा सुनाउने कुनै बूढा कथावाचक? मलाई ठ्याक्कै याद छैन। तर यस्तै एउटा कथा मैले धेरै संस्कृतिका लोककथामा सुनेको छु। कथा फेरिन्छ, पात्र फेरिन्छन्, ठाउँ फेरिन्छ। तर भित्री कथा उस्तै रहन्छ। […]
म उड्न चाहन्छु, तर उनीहरू मेरा पखेटा थुतेर फ्याँक्ने दाउमा छन्

°°° एक मध्यान्ह दिदीसँग गफ गरेर बस्ने समय जुर्यो। हाम्रा कुराकानी धेरैजसो छोराछोरीकै वरिपरि घुम्छन्। पहिले पढाइ, त्यसपछि भविष्य, अन्तमा नोकरी। त्यतिबेला एउटा खरो असन्तुष्टि हाम्रा वरिपरि व्याप्त देखिन्छ। दिदी भन्छिन्, ‘हाम्रा छोराछोरीले जति नै मेहनत गरेर पढे पनि के गर्नु? नोकरी त पाउने होइनन्। दसवटा रिक्त पद छन् भने आठवटा रिजर्भ हुन्छन्। बाँकी दुई […]
अब डा. महेन्द्र पी. लामा र सिक्किम सरकारले के गर्नुपर्छ?

(डा. लामाको ड्राफ्टले दुई छिमेकीमा जन्माएको चिन्ता) प्रश्न दार्जिलिङ र सिक्किम इतिहासले जोडिएका छन् कि छैनन् भन्ने होइन। ती निश्चय नै जोडिएका छन्। प्रश्न त इतिहासको नाताले राजनीतिक पुनर्मिलन अनिवार्य बनाउँछ कि बनाउँदैन भन्ने हो। बनाउँदैन। कहिलेकाहीँ इतिहास स्मृति बनेर होइन, राजनीति प्रक्षेप बनेर फर्कन्छ। दार्जिलिङ पहाडमा स्थायी राजनीतिक समाधानका लागि प्रस्तावित बाटोहरूबारे हालै चलेको […]
एकपाखे ‘भाष्य’-को खतरा

चिमामान्डा ङोजी अदिची, नाइजेरियाकी लेखिका हुन्। सन् १९७७ मा एनुगुमा जन्मिइन्। न्सुक्का सहरमा हुर्किन्। सानै उमेरदेखि किताबसँग नाता जोडिन्। पछि साहित्यकी साधक बनिन्। उनलाई ‘पर्पल हिबिस्कस’, ‘हाफ अफ ए यलो सन’, ‘अमेरिकाना’- उपन्यासले संसारभर चिनायो। उनका किताबले युद्ध, प्रेम, पहिचान र आप्रवासनका कथा भने। ‘हाफ अफ ए यलो सन’ ले ओरेन्ज प्राइज (अहिलेको वुमेन्स प्राइज […]
नयाँ भाजपाको बोतलमा पुरानो तृणमूलको रक्सी

पार्टी फेरियो, शासन उही पश्चिम बङ्गालका मानिसलाई ‘पोरिबोर्तन’ अर्थात् परिवर्तनको वाचा गरिएको थियो। त्यो केवल कुर्सीमा बस्ने मान्छे फेर्ने कुरा थिएन। डर, धाकधम्की, दलीय दबाब र सरकारी सुविधामाथिको पार्टीगत नियन्त्रण अन्त्य गर्ने वाचा थियो। तृणमूल काङ्ग्रेसको शासनमा यही संस्कृति हाबी थियो। तर अहिले नयाँ भाजपा सरकारको चाल अझ चिन्ताजनक देखिन्छ। किन भने पार्टी त फेरियो, […]
राजनीतिको दोहोरो चरित्र र मुद्दा

°°° दार्जिलिङ, कालेबुङ, तराई र डुवर्सका गोर्खाहरूका लागि गोर्खाल्याण्ड केवल चुनावी मुद्दा होइन। यो पहिचान, अधिकार र आफ्नो राजनीतिक भविष्यसँग जोडिएको पुरानो प्रश्न हो। झन्डै चालीस वर्षदेखि गोर्खाल्याण्डको माग चलिरहेको छ। तर पछिल्ला बीस वर्षमा यो माग चुनावी वाचासँग पनि जोडियो। यसबाट सबैभन्दा धेरै राजनीतिक फाइदा उठाउने दलमध्ये भारतीय जनता पार्टी (भाजपा) पनि एउटा हो। […]
सर्प र पहाड़

डा. महेन्द्र पी. लामामाथि भइरहेका प्रतिक्रियाले विचलित भएर डा. हर्कबहादुर छेत्रीले बिक्रमादि राईको एउटा फेसबुक पोस्टको कमेन्टमा आफ्नो पीडा पोखेका छन्। उनले लेखेका छन्- ‘गोर्खा समुदायले एउटा बुद्धिजीवीलाई कस्तो व्यवहार गर्छ भन्ने उदाहरण यही हो। संसारभर निम्तो पाएर घुम्ने मान्छेलाई आफ्नै मान्छेहरूले फोहोर-धुलो सरह व्यवहार गर्छन्।’ पढेपछि म निकै गम्भीर भएँ। मनमा प्रश्न उठ्यो- ‘साँच्चै […]
म्याप राजनीतिक बन्दा

(म्यापको चित्रणदेखि गोर्खाल्याण्डको ‘चौथो बाटो’ सम्म) कहिलेकाहीँ म्याप केवल म्याप हुँदैन, एउटा वाक्य केवल वाक्य हुँदैन। गोर्खाल्याण्डको स्थायी समाधानका सम्भावित बाटाबारे लेखिएको एउटा ड्राफ्टमाथि अहिले उठेको विवाद यस्तै बनेको छ। जुलाई २०२६ को ड्राफ्टबारे भएको छलफल ठूलो मुद्दा बनेको छ। विवाद बनेको छ। र विवाद चुलिएको चुलिएकै छ। त्यसको कारण हो, ड्राफ्टमा लेखिएको ‘छिमेकी राज्यहरू’ […]
‘ड़’ -नेपाली भाषामा शीबोलेथको नयाँ प्रतीक

2023’ को फेब्रुअरी महिनामा म दक्षिण जाँदै थिएँ । त्यस समय फेसबुक स्टेट्समा यस्तो लेखेको थिएँ: “ समुद्र माथि माथि हवाईजहाजमा उड़ेर जाँदै गर्दा, सबैभन्दा दुःखलाग्दो कुरा चाहिँ के हो भने तपाईले कथा कल्पना गर्ने क्षमता बिस्तारै गुमाउँदै जानु हुन्छ । विशेष गरेर तपाईं यदि समुद्रको मान्छे होइन भने । तपाईँको निम्ती समुद्रले के कस्तो […]