मार्च 19, 2026 | 4:26 बिहान

पारापेट

जब म हाइवे किनारमा उभिएको

कुनै पनि पारापेट देख्छु

बाबा सम्झन्छु।

एका बिहानै निस्किनुहुन्थ्यो बाबा

बोकेर कर्नी, मार्तोल, छिनो, बेल्चा

र बनाउनु हुन्थ्यो हाइवे किनारमा लहरै पारापेट।

त्यही पारापेटले

रोक्थ्यो टिस्टामा खस्नदेखि वाहन

रोक्थ्यो दुर्घटना

दुर्घटना रोकिएको देखेर रमाउथे बाबा

र भन्थे, देशलाई पनि चाहिन्छ पारापेट।

एकदिन

पारापेट बनाउँदा बनाउँदै खसे बाबा।

जब म हाइवे किनारमा उभिएको

कुनै पनि पारापेट देख्छु

बाबा सम्झन्छु।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ