‘ड़’ -नेपाली भाषामा शीबोलेथको नयाँ प्रतीक

2023’ को फेब्रुअरी महिनामा म दक्षिण जाँदै थिएँ । त्यस समय फेसबुक स्टेट्समा यस्तो लेखेको थिएँ: “ समुद्र माथि माथि हवाईजहाजमा उड़ेर जाँदै गर्दा, सबैभन्दा दुःखलाग्दो कुरा चाहिँ के हो भने तपाईले कथा कल्पना गर्ने क्षमता बिस्तारै गुमाउँदै जानु हुन्छ । विशेष गरेर तपाईं यदि समुद्रको मान्छे होइन भने । तपाईँको निम्ती समुद्रले के कस्तो […]
अनित थापाको राजीनामा : खेल कसले खेल्यो, फस्यो को?

खबरम्यागजिन व्युरो पहाडको राजनीतिमा अहिले देखिएको दृश्यलाई सतहबाट हेर्दा कथा धेरै सरल देखिन्छ। अनित थापाले राजीनामा दिए, केही सभासदहरूले पनि राजीनामा दिए, राजनीतिक सङ्कट आयो। तर राजनीतिमा देखिएको कुरा प्रायः वास्तविक कथा हुँदैन। वास्तविक कथा त्यहाँबाट सुरु हुन्छ जहाँ सामान्य मानिसले राजनीति सकियो भनेर सोच्छ। अहिले पहाडमा त्यही भइरहेको छ। अनित थापाले राजीनामाको घोषणा गरेपछि […]
एक व्यक्ति केन्द्रित दल र नयाँ पार्टीको संरचना

यदि कसैले ‘म भारत सरकारसँग मिलेर धेरै काम गरिसकेको मान्छे हुँ’ भन्दै वा नभनीकन पनि गोर्खाल्याण्डको सट्टा बङ्गालभित्रकै कुनै व्यवस्थाको वकालत गरिरहेको छ भने, स्पष्ट बुझ्नुहोस् कि ती व्यक्तिहरू सरकारी एजेन्ट हुन्। चाहे त्यो संवैधानिक प्रशासनिक व्यवस्था होस्, पश्चिम बङ्गालभित्रकै राज्यजस्तो राज्य, छैटौँ अनुसूची वा जिटिए-३ जस्ता व्यवस्था नै किन नहोस्, यी सबै गोर्खाल्याण्डको मागलाई […]
पत्रकारिताबाट सन्यास र अबको यात्रा

आज म औपचारिक रूपमा पत्रकारिताबाट सन्यास लिएको घोषणा गर्दैछु। हालै मात्र जर्नलिष्ट एसोसिएसन अफ कालिम्पोङको अध्यक्ष पदमा निर्वाचित भएको थिएँ, तर सक्रिय राजनीतिमा प्रवेश गर्ने निर्णयसँगै नैतिकताको आधारमा उक्त पदबाट पनि हिजै राजीनामा दिएको छु। आजदेखि म पत्रकार रहिन। मसित मेरो पत्रकारिताको इतिहास सँधै रहनेछ। र यसलाई पनि म कुनै समय किताबकोरुपमा अवश्य ल्याउनेछु। पत्रकार […]
सिलगढी जिल्ला : पहाडको लागि अर्को खतरा

दार्जिलिङलाई क्रमिक कमजोर बनाइँदै गएको अवस्था प्रस्तावित नयाँ जिल्लाले कसरी चालीस वर्षदेखिको पहाडमाथिको मौन दोहनलाई औपचारिक रूप दिन खोज्दैछ? दार्जिलिङबाट सिलगढीलाई छुट्टै जिल्ला बनाउने प्रस्ताव कुनै अचानक आएको प्रशासनिक सुधार होइन। यो त चालीस वर्षदेखि चलिरहेको एउटा प्रक्रियाको कानुनी अन्तिम चरण हो, जहाँ पहाडको नाममा बनेका संस्था, पूर्वाधार र बजेट विस्तारै तर निरन्तर रूपमा मैदानतर्फ […]
क्षेत्रीयताको क्षयीकरण र संवैधानिक मरुभूमिमा हराएको जनमत

आजको दार्जिलिङ केवल भौगोलिक उचाइमा मात्र होइन, राजनीतिक र वैचारिक अलमलको एउटा यस्तो गहिरो खाल्डोमा छ, जहाँ ‘क्षेत्रीयता’ को नारा त गुञ्जन्छ, तर त्यसको आत्मा भने सत्ताको बार्गेनिङमा लिलाम भइरहेको छ। राजनीति जब सेवाको मार्ग छोडेर ‘ठेक्का-पट्टा’ र ‘कमिशन’ को व्यापार बन्छ, तब जनताको भविष्य अन्धकारको सुरुङतिर धकेलिन्छ। के हो क्षेत्रीयता? क्षेत्रीयता (Regionalism) केवल एउटा […]
पढेको मान्छे : नपढेको मान्छे

दार्जिलिङ विधानसभा क्षेत्रबाट अजय एडवर्ड अनि नोमन राईले आफ्नो नामाङ्कन दर्ता गरिसकेपछि एउटा बहस सुरु भएको छ। विधायक पढेको पठाउने कि अनपढ? मलाई यो विषय निकै रोचक लाग्यो, त्यसकारण आफ्नो विचार यहाँ लेखिरहेको छु। हुन त मलाई अनपढ भन्ने शब्द एउटा गाली लाग्छ। आजका दिन बहसमा चलिरहेको अनपढ/पढेको भन्ने वर्गीकरणअनुसार मेरा आमा बाबा दुवै अनपढ […]
जिटिआर, इन्टरलोक्युटर र गोर्खा विरुद्ध षडयन्त्र

विमल गुरुङको बढो संवेदनशील वयान आएको छ। केही अघि विमल गुरुङले जिटिआरको कुरा उठाएका थिए। तिनले भनेका थिए, ‘यसको निम्ति गृहमन्त्रीले इन्टरलोक्युटर पठाउने भएको छ।’ पहिलोपल्ट जिटिआरको कुरा पनि विमल गुरुङबाटै सुनिएको हो। पहिलोपल्ट इन्टरलोक्युटर आउने कुरा पनि विमल गुरुङबाटै सुनिएको हो। अर्थात जिटिआर र इन्टरलोक्युटर एकार्कामा सम्बन्धित छन्। विमल गुरुङ आफूलाई पहाडको राजनीतिको 40 […]
नेपाली भाषामा सोफेनहावरको दर्शन

करिब दुई शताब्दीअघि आर्थुर सोफेनहावर ले विकास गरेको दर्शन लामो समयसम्म छायामा रह्यो। उनी आफ्ना विचारहरू निर्माण गरिरहेका बेला G.W.F Hegel युरोपेली बौद्धिक जगतका केन्द्रमा थिए। विश्वविद्यालयहरूमा हेगेलको प्रभाव यति गहिरो थियो कि अन्य वैकल्पिक सोचहरूलाई स्थान नै मिल्दैनथ्यो। सोफेनहावरले पनि त्यही समयमा आफ्ना लेक्चर राखे, तर कक्षाहरू खाली नै रहन्थे। यो केवल व्यक्तिगत असफलता […]
पारापेट
जब म हाइवे किनारमा उभिएको कुनै पनि पारापेट देख्छु बाबा सम्झन्छु। एका बिहानै निस्किनुहुन्थ्यो बाबा बोकेर कर्नी, मार्तोल, छिनो, बेल्चा र बनाउनु हुन्थ्यो हाइवे किनारमा लहरै पारापेट। त्यही पारापेटले रोक्थ्यो टिस्टामा खस्नदेखि वाहन रोक्थ्यो दुर्घटना दुर्घटना रोकिएको देखेर रमाउथे बाबा र भन्थे, देशलाई पनि चाहिन्छ पारापेट। एकदिन पारापेट बनाउँदा बनाउँदै खसे बाबा। जब म हाइवे […]